• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पाडो...


शेरे सँग राम्रो भैसिको पाडो रैछ ।

मुन्द्रेले देखेर अचम्म मान्दै भनेछ: ओहो कति सानो राम्रो पाडो, कहाँबाट ल्याइस् ?

शेरे: जंगलमा एउटा बाबा बस्छ उसले जे माग्यो त्यही दिन्छ ।

मुन्द्रे: त्यसोभए म पनि जान्छु यार ।

शेरे: अनि एउटा कुरा त्यो बाबाले अलि चर्को मात्र सुन्छ ।

मुन्द्रे जंगल गएछ र बाबालाई भनेछ: बाबा मलाई एकबोरा हिरा दिनु । तत्कालै मुन्द्रेको अगाडी एउटा भरिएको बोरा प्रकट भएछ । मुन्द्रेले बोरा खोलेर हेर्दा सबै जिरा थियो ।

मुन्द्रे: मैले हिरा मागेको त जिरा पो दियो यार ।

शेरे: तैले के सोचेको थिइस् ? मैलेँ पाडो मागेको थिएँ होला र ।